शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनद्वारा क्यानडालाई हङकङको मामिलामा हस्तक्षेप नगर्न आग्रह

सोमबार, २० असार २०७९, १७ : ३९
सोमबार, २० असार २०७९

क्यानाडेली विदेशमन्त्री मेलानी जोलीले चीनले हङकङको स्वतन्त्रता दबाउँदै गएको दाबी गरेपछि बेइजिङले ओटावालाई हङकङको मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ। हङकङको चिनियाँ शासनमा फर्किएको २५ औं वार्षिकोत्सवको अवसरमा ओटावास्थित चिनियाँ दूतावासले विज्ञप्तिमार्फत बाह्य शक्तिहरूले यस्ता विषयमा ‘गैरजिम्मेवार टिप्पणी’ गर्न नहुने बताएको छ ।

‘हङकङ मामिला पूर्णतया चीनको आन्तरिक मामिला हो र कुनै पनि बाह्य शक्तिहरू गैरजिम्मेवारपूर्ण टिप्पणी गर्ने स्थितिमा छैनन्। क्यानाडा र हङकङ बीचको ‘गहिरो सम्बन्ध’ छ तर हङकङको मामिलामा हस्तक्षेप गर्ने बहाना यो बन्न सक्दैन’ विज्ञप्तिमा भनिएको छ।

‘हामी फेरि एकपटक क्यानाडाली पक्षलाई कानुनको शासनको सम्मान गर्न, चीनको सार्वभौमसत्ता र एकताको सम्मान गर्न र हङकङको मामिलामा र चीनको आन्तरिक मामिलामा कुनै पनि रूपमा हस्तक्षेप बन्द गर्न आग्रह गर्दछौं। अन्यथा  चिनियाँ पक्षबाट कडा प्रतिक्रियाको सामना गर्नुपर्नेछ’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

बिहीबार, जोलीले एक विज्ञप्तिमा भनेकी छन्, ‘क्यानाडाको हङकङसँग प्रत्यक्ष सम्बन्ध छ । अनुमानित रूपमा ३०००,००० क्यानाडालीहरू हङकङमा बस्छन् र त्यहाँ १०० भन्दा बढी क्यानाडाली कम्पनीहरू सञ्चालित छन्।’

‘दोस्रो विश्वयुद्धमा हङकङमा क्यानाडालीहरूले भूमि युद्ध लडेका थिए। आज करिब  ३००, ००० क्यानाडेलीहरू हङकङमा बस्छन्। हङकङ पनि क्यानाडाको सबैभन्दा महत्त्वपूर्ण द्विपक्षीय व्यापार सम्बन्ध भएको देश मध्येको एक हो। व्यापार र लगानी साझेदारहरू, यसक्षेत्रमा १०० भन्दा बढी उल्लेखनीय क्यानाडाली कम्पनीहरूको उपस्थितिबाट यसको पुष्टि भएको  देखिन्छ। यी प्रत्यक्ष सम्बन्धहरू र हामीले साझा गर्ने विश्वव्यापी मूल्यहरूले हाम्रो समाजलाई समृद्ध बनाउँछ र हामीलाई एकताबद्ध गर्छ,’ उनले भनिन्। तर जोलीले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू भएपछि विगत दुई वर्षदेखि वाक स्वतन्त्रता र वैकल्पिक विचारको शान्तिपूर्ण अभिव्यक्तिलाई दबाइएको दाबी गरेकी छन् ।

‘हामी हङकङ र चिनियाँ केन्द्रीय अधिकारीहरूलाई २५ वर्ष पहिले स्वेच्छाले गरेका अन्तर्राष्ट्रिय दायित्वहरु अनुसार काम गर्न आह्वान गर्दछौं। आधारभूत कानून अन्तर्गत प्रदान गरिएको उच्चस्तरको स्वायत्तता र कानुनको शासनको सम्मान गर्ने र मानवअधिकार र मौलिक स्वतन्त्रतालाई कायम राख्ने चीनको प्रतिबद्धता हङकङको स्थायित्व र समृद्धिका लागि आज पनि त्यति नै आवश्यक छ, जसरी सन् १९९७ मा प्रतिबद्ध थियो। भोलि र आगामी २५ वर्ष र त्यसपछिका लागि पनि यस्तै रहनेछ,’ परराष्ट्रमन्त्रीले उल्लेख गरेकी छन् । ।

जुलाई १, १९९७ मा हङकङ १९८४ को चीन–ब्रिटिश संयुक्त घोषणापत्र मा तोकिएको शर्तहरु अन्तर्गत बेलायतबाट जनवादी गणतन्त्र चीनलाई हस्तान्तरण गरिएको थियो। संयुक्त घोषणाले हङकङमा मौलिक अधिकार, उच्च स्तरको स्वायत्तता र ‘एक देश, दुई प्रणाली’ को व्यवस्था गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप