सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

प्रधानसेनापति शर्मालाई जंगी अड्डामा स्वागत

सोमबार, २० असार २०७९, १७ : २६
सोमबार, २० असार २०७९

अमेरिकासहितको भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानसेनापति प्रभुराम शर्मालाई जंगी अड्डामा औपचारिक रुपमा स्वागत गरिएको छ । प्रधानसेनापति शर्मा आइतबार स्वदेश फर्किए पनि सोमबार औपचारिक रुपमा जंगी अड्डा स्वागत गरिएको हो । 

लेबनान, सिरिया, अमेरिका तथा राष्ट्रसंघीय मुख्यालयको दुई साता लामो भ्रमण पूरा गरी स्वदेश फर्किएका उनलाई सोमबार बिहान सैनिक मुख्यालय जंगी अड्डामा सेनाको गार्ड अफ अनरसहित स्वागत गरिएको हो ।  भ्रमणका क्रममा प्रधानसेनापति शर्माले अमेरिकी रक्षा मन्त्रालयका अधिकारी र अमेरिकी उच्च सैनिक अधिकारी तथा न्युयोर्कमा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप