बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पारित भयो हेटौंडाको बजेट

सोमबार, २० असार २०७९, १७ : १९
सोमबार, २० असार २०७९

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति कार्यक्रम र बजेट पारित भएको छ । उपमहानगरपालिकाको सोमबार बसेको एघारौं अधिवेशनको तेस्रो बैठकले बजेट पारित गरेको हो ।
बैठकले उपमहानगरपालिकाको अर्थ विधेयक २०७९ र विनियोजन विधेयक २०७९ लाई सर्वसम्मतिले पारित गरको छ ।

उपमहानगरपालिकाले गत १२ असरमा नीति तथा कार्यक्रमहरु र सोको कार्यान्वयनका लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । प्रशासनिक खर्च ३३ करोड ५७ लाख ८९ हजार, आर्थिक विकास तर्फ १९ करोड ६९ लाख ६६ हजार, सामाजिक विकास तर्फ, ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाखको बजेट प्रस्तुत गरिएको हो ।

यसैगरी वन वातावरण तथा विपद व्यवस्थापनतर्फ १२ करोड ६ लाख ८० हजार, सुशासन तथा संस्थागत विकासतर्फ ७ करोड ३३ लाख ५० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै अन्य विविध कोषतर्फ ९९ लाख, प्रदेश सरकारबाट हस्तान्तरण गरिएको योजना ६ करोड ३ लाख ७० हजार रकम छुट्याइएको छ ।

उपमहानगरले खर्च व्यहोर्ने स्रोतका रुपमा आन्तरिक स्रोत ९४ करोड ३६ लाख ५३ हजार, राजस्व बाँडफाँट ५८ करोड ९३ लाख ७० हजार, प्रदेश सरकारको अनुदानबाट ९ करोड ५८ लाख ९४ हजार र संघीय सरकारबाट  १ अर्ब ६ करोड ९५ लाख प्राप्त हुने जनाइएको छ ।

बजेट पारित भएसँगै उपमहानगरपालिका क्षेत्रको विकासको लागि विभिन्न ठुला तथा साना अधुरा योजनाहरु, नयाँ योजनाहरु सम्पन्न गर्न तथा अगाडि बढाउन बाटो खुलेको छ । विनियोजन विधेयक पारित भएसँगै उपमहानगरपालिका क्षेत्रको विकास निर्माणका कामले गति पाउनुको साथै अधुरा योजनाहरुको विकासले रफ्तार लिने नगरप्रमुख मिनाकुमारी लामाले बताइन् । उनले विकास निर्माण र जनताको हितका लागि उपमहानगरपालिकाले कुनैपनि कसुर बाँकी नराखि आफ्नो क्षेत्राधिकारमा रहेर काम गर्ने उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप