शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘मिलन’ को सकियो डबिङ

सोमबार, २० असार २०७९, १७ : ००
सोमबार, २० असार २०७९

कात्तिकको पहिलो साताबाट प्रदर्शन हुने फिल्म ‘मिलन’ को डबिङ सकिएको छ । ६ महिना अघि छायाङ्कन सकिएको यो फिल्मको डबिङ सकिएको निर्माण टिमले जनाएको छ । कुशल शाह ठकुरी, सलोन बस्नेत, शिल्पा थापा, शिशिर बाङ्देल, विशाल पहाडी, जानुका पौडेल (प्याकुली) लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म प्रेम कथामा निर्माण भएको हो । 

टेक पौरखी राईको निर्देशन रहेको फिल्मको लेखन समेत  राईकै हो । कुशल शाह ठकुरी र शिल्पा थापा यसै फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन् । कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्म काठमाडौं र कालिन्चोकमा छायाङ्कन भएको हो । 

प्रविन थापा निर्माता रहेको फिल्ममा राहुल राईको छायाङ्कन, तारा थापाको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप