मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायत उडिन् साम्राज्ञी

सोमबार, २० असार २०७९, १६ : ५७
सोमबार, २० असार २०७९

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बेलायत उडेकी छन् । फिल्म ‘लण्डन टु पेरिस’ छायाँकनको लागि उनी सोमबार बेलायत उडेकी हुन् ।

आगामी सातादेखि बेलायतका विभिन्न शहरमा छायांकन हुने फिल्मका लागि उनको साथमा अभिनेता कबीर खड्का र निश्चल खड्का पनि बेलायत उडेका छन् । फिल्म घनश्याम लामिछानेले निर्देशन गर्न लागेका हुन् ।  फिल्मका लागि निर्देशक लामिछाने केही दिन अगाडि बेलायत पुगिसकेका छन् । कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेको फिल्म  एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुनेछ । 

साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा, निश्चल खड्का र कविर खड्का मुख्य भूमिका रहने फिल्म अमित बस्नेत, अजित कुमार थापा, परि राना, अंकित गौतम र सनिश खकुरेलको लगानीमा निर्माण हुन लागेको हो । फिल्मका अजित सिंह सह–निर्माता हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप