बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य छैनन् : सांसद सिलवाल

सोमबार, २० असार २०७९, १६ : ५०
सोमबार, २० असार २०७९

नेकपा एमालेका सांसद नवराज सिलवालले प्रविधिको प्रयोग गरेर अपराध गर्ने क्रियाकलापको अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य नरहेको बताएका छन् । सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिलवालले यस्तो बताएका हन् । उनले राष्ट्रको सुरक्षामाथि खेलबाड गर्ने ढंगले एउटा निकायले गरिरहेको कामलाई हटाएर अरुलाई दिने कुरामा मिनी सांसदले सहमति जनाउनु नहुने बताए ।

सांसद सिलवालले अध्यागमनको अधिकार नेपाल प्रहरी बाहेक अरुलाई दिन नहुने बताए । अध्यागमनमा आफ्नै कर्मचारीले गरेको घोटाला त्यही निकायले गर्न नहुने भन्दै नेपाल प्रहरी नै अनुसन्धानको लागि सही विकल्प रहेको बताएका हुन् ।  सांसद सिलवालले नेपाल प्रहरीबाट खोसेर अर्को निकायलाई अध्यागमनको अधिकार दिनु भनेको नेपाल प्रहरीमाथिको भरोसा नहुनु रहेको उल्लेख गरे ।

उनले नेपाल प्रहरीमाथि भरोसा नभएको हो भन्दै गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न गरे । नेपाल प्रहरीलाई अनुसन्धानको अधिकारबाट हटाउने कुरामा आफ्नो विमति रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप