शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

थाई स्माइलको काठमाडौँ–बैङ्कक उडान शुरु

सोमबार, २० असार २०७९, १६ : ४१
सोमबार, २० असार २०७९

क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइलले काठमाडौं–बैङ्कक उडान सुरू गरेको छ । कम्पनीले असार १७ देखि काठमाडौं–बैङ्कङ उडान सुरू गरेको जानकारी दिएको छ । 

यस रुटका लागि तोकिएको एयरबस–३२० मा माइकोनोमी क्लासमा १५० र प्रिमियम इकोनोमी क्लासमा १२ सिट गरी जम्मा १६२ सिटको क्षमता छ । जसमा अन–बोर्ड मिल सर्भिस (विमानभित्रै खानाको सुविधा) पनि रहेको छ । थाई स्माइलले थाइल्यान्डको फुकेट र पटाया लगायत अन्य सम्पूर्ण आन्तरिक विमानस्थलहरुमा उडान भर्छ भने थाई एयरवेज ईन्टरन्यासनलले अष्ट्रेलिया, जापान र क्वालालम्पुर जस्ता अन्तर्राष्ट्रिय गन्तव्यहरूमा सेवा प्रदान गर्दछ ।

आरआर ग्रुप अफ कम्पनीज अन्तर्गतको एक संस्था सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसले थाई स्माइल एयरवेजका लागि बिक्री, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाको साथै सम्पूर्ण ग्राहक र एजेन्सी सपोर्ट सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप