बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

ललिता निवासको जग्गा प्रकरणमा सरकारले चासो दिएनः प्रेम सुवाल

सोमबार, २० असार २०७९, १६ : ३९
सोमबार, २० असार २०७९

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवासको जग्गा प्रकरणमा सरकारले नै चासो नदिएको गुनासो गरेका छन् । 
सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको मुद्दा नेपाल प्रहरीले अघि बढाएपनि सरकारले अदालतमा नपठाएको बताए ।  सांसद सुवालले सरकारले मनलाग्दी गर्न पाउने हो भन्दै प्रश्नसमेत गरे । उनले जिल्लाका प्रहरी अधिकारीहरुले जनताको समस्याका बारेमा मन्त्रालय वा अधिकारीलाई पन्छाउने काम गरिरहेको पनि बताए । 

उनले भने, ‘पशुपति क्षेत्रको तलेजु मन्दिरमा कौसीमा शौचालय बनाएको भनेर देवताको बिरोध छ यो कसले हेर्छ ? यो कसको कार्य सञ्चालनभित्र पर्छ । जिल्ला जिल्लाका प्रहरी अधिकारीहरु जनताको समस्याबारे अर्को मन्त्रालय वा अधिकारीलाई पन्छाउने काम भइरहेको जनताको गुनासो छ, त्यस्तो गर्न पाउँछ कि पाउँदैन ? सबै प्रकारको विधामा प्रहरीले ध्यान दिने बन्दोबस्त हुनुपर्छ । प्रहरीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भयो भनेर मुद्दा अघि बढायो । सरकारले त्यो मुद्दा अदालतमा लगेन त्यस्तो हुन्छ ? त्यसो गर्न पाउँछ ? कसले जवाफ दिने हो ?’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप