बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दुईवटा टाउको भएको दुर्लभ सर्प अफ्रिकामा भेटियो, हेर्नुहोस् फोटो

सोमबार, २० असार २०७९, १५ : ५४
सोमबार, २० असार २०७९

दक्षिण अफ्रिकाको वेदवे इलाकामा निकै दुर्लभ दुईवटा टाउको भएको सर्प भेटिएको छ । दक्षिण अफ्रिकाको क्वाजुलु नाटाल प्रान्तका एक व्यक्तिले आफ्नो घरको गार्डेनमा दुईवटा टाउको भएको सर्प देखेपछि यसले कसैलाई टोक्ला भनेर तत्काल एउटा भाँडोमा राखे । त्यसपछि उनले सर्पको संरक्षण र उद्दार गर्ने निक इभान्सलाई सम्पर्क गरे । निक इभान्स केजेडएन एम्फिबियन एन्ड रेप्टाइल कन्जरभेसनका संस्थापक हुन् ।

उनले आफ्नो फेसबुक पोस्टमा यो सर्पको तस्बिर सेयर गर्दै लेखे, ‘म हालै उत्तरी डर्बनको ब्राई इलाका नजिकै थिएँ । त्यतिबेला मलाई वेदवेबाट एउटा तस्बिर पठाइयो । यो दुईवटा टाउको भएको सर्पको तस्बिर थियो । यो एक साउदर्न ब्राउन एग इटर सर्प हो । यसले कुनै पनि खालको हानी पुर्याउँदैन ।’

यो दुईवटा टाउको भएको साउदर्न ब्राउन एग इटर राती घुम्ने खालको सर्प हो । तर यो दुईमुखे सर्पको लम्बाई ३० सेन्टिमिटर मात्रै थियो । अर्थात् यो एउटा बच्चा हो । निक इभान्सले यसबारे थप जानकारी दिँदै भने, ‘दुईवटा टाउको भएको सर्पको एउटा ठूलो समस्या भनेको उनीहरुको चाल हो । उनीहरु कुन दिशामा जाने त, यसबारे यी दुईबीच तादम्य मिल्दैन । एउटा टाउको अर्को दिशामा जान चाहन्छ त अर्को अर्कै दिशामा जान चाहन्छ ।’

निकले आराम गरिरहेका बेला यो दुइवटा टाउको भएको सर्पले एउटाको टाउकोमाथि अर्कोको टाउको राख्ने गरेको देखे । साउदर्न ब्राउन एग इटरको नामले नै स्पष्ट हुन्छ कि यसले अण्डा खान्छ । यिनीहरुका दाँत हुँदैनन् तरपनि यिनिहरुले एकपटकमा थुप्रै अण्डा फोडेर खान सक्छन् । कतिपटक त यिनीहरुले पूरै अण्डा निल्छन् । यसको गर्धनमा ती अण्डा फोड्ने क्षमता हुन्छ । पछि अण्डाको बोक्रा भने ओकल्ने गर्छन् ।

दुईवटा टाउको भएको सर्प निकै दुर्लभ हो । यो स्थितिलाई बाइसिफेली भनिन्छ । जब कोही जुम्ल्याहा जन्मिनु अघि अलग हुन सक्दैनन् तब यस्तो स्थिति निम्तिने गर्छ । १० हजार सर्पको जन्ममा कुनै एउटा सर्प यस्तो जन्मिने गर्छ । तर यिनिहरु जीवित रहने सम्भावना निकै कम हुन्छ । दुईवटा टाउको भएको सर्प लामो समयसम्म जीवित रहन नै सक्दैनन् ।

अब यो दुईवटा टाउको भएको सर्प निक इभान्सको व्यावसायिक समूहको हातमा पुगेको छ । यहाँ उसको स्वास्थ्यबारे ख्याल राखिएको छ ।

दुईवटा टाउको भएका सर्पका लागि जीवन पक्कै पनि सहज छैन । यो जङ्गलमा बाँच्ने सम्भावना पनि कम छ । त्यसैले दुईवटा टाउको एउटा भन्दा पक्कै पनि राम्रो हुँदैन । अब यो अण्डा खाने सर्पले आफ्नो यहि विकृतिसँग बाँच्न सिक्छ कि सिक्दैन, त्यो भने हेर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप