
हार स्वीकार्छु, तर लोकतान्त्रिक प्रक्रियाबाट भाग्दिनँ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले वैचारिक विमतिहरूलाई शिष्टतापूर्वक ग्रहण गर्दै अघि बढ्ने बताएका छन् । उनले हार स्वीकार्ने तर लोकतान्त्रिक प्रक्रियाबाट नभाग्ने बरु एउटा बलियो, देशभक्त, कल्याणकारी लोकतन्त्रवादी पार्टी निर्माण गर्ने प्रयासमा आफ्नो साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष मिश्रले आफ्नो जन्मदिनमा पाएको शुभकामना सन्देशले आफूलाई शक्ति प्रदान गरेको बताएका छन् । ‘जन्मदिनमा अरू वर्ष पनि धेरै शुभेच्छुकहरूले शुभेच्छा प्रकट गर्नुहुन्थ्यो । खुसी लाग्थ्यो । तर यो वर्ष, आज पाएका सन्देशहरूले खुसी सँगसँगै मलाई ठूलो शक्ति पनि प्रदान गरेको छ । तपाईंहरू सबैलाई नमन गर्न चाहन्छु’, मिश्रले भनेका छन् ।
साथै उनले सबैले अघि बढ्न प्रेरणा दिनुभएको भन्दै कतिपयले पछि हटेको हो कि भन्ने आशङ्का व्यक्त गरे पनि आफू पछि नहटेको बताएका छन् । ‘बरु पहिलेभन्दा अझ स्पष्ट रूपमा एक कदम अघि बढ्नेछु । आफ्नै लागि त जीवनमा गर्न सकिने अरू धेरै काम हुँदो रहेछ, राजनीति गर्नु पर्दैन । राजनीति भनेको देशकै लागि गर्ने हो’, मिश्रले भनेका छन् ।
उनले पछिल्लो समयमा कम्तीमा ३० वर्षपछिको नेपाललाई मनन गरेर आफ्ना दृष्टिकोणहरू बनाएको पनि बताएका छन् । तत्कालको व्यक्तिगत सुविधा, लाभ, पद, प्रतिष्ठा र आसन्न चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्रघात हो भन्नेमा दृढ रहेको पनि मिश्रको भनाइ छ ।
उनले यो देशलाई घात हुने काम गर्ने छैन भन्दै वैचारिक विमतिहरूलाई म सदा झैँ शिष्टतापूर्वक ग्रहण गर्ने बताएका छन् । ‘हार स्वीकार गर्नेछु तर लोकतान्त्रिक प्रक्रियाबाट भाग्ने छैन । एउटा बलियो, देशभक्त, कल्याणकारी लोकतन्त्रवादी पार्टी निर्माण गर्ने प्रयासमा मेरो साथ रहिरहने छ’, मिश्रले अठोट व्यक्त गरेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ