
ADVERTISEMENT
जिससले आर्सनलमा ९ नम्बरको जर्सी लगाउने

प्रिमियर लिग क्लब आर्सनलले ब्राजिलियन स्ट्राइकर गाब्रियल जिससलाई अनुबन्ध गरेको छ । आर्सनलले सोमबार जिससलाई अनुबन्ध गरिएको जनाएको छ । २५ वर्षीय स्ट्राइकरले आर्सनलसँग पाँच वर्षको सम्झौता गरेका छन् । उनी २०२७ सम्म आर्सनलमा रहनेछन् ।
आर्सनलले म्यानचेस्टर सिटीबाट जिससलाई अनुबन्ध गरेको हो । जिससले आर्सनलमा ९ नम्बरको जर्सी लगाउने छन् । जिसस २०१६ मा पाल्मीरासबाट सिटी आएका थिए । सिटीका लागि जिससले १ सय ५९ प्रिमियर लिगमा ५८ गोल र ३२ असिस्ट गरेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ