शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छुट्टाछुट्टै जिल्लामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु

सोमबार, २० असार २०७९, १३ : ४३
सोमबार, २० असार २०७९

मकवानपुर, सुनसरी र दाङमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिका–७ पाथीभरामा ना.६ त ८०७३ नम्बरको ट्रयाक्टर सोमबार दुर्घटना हुँदा सोही ठाउँ बस्ने १६ वर्षीया सलिना राईको मृत्यु भएको छ । 

विद्यालयबाट पैदल घरतर्फ फर्कने क्रममा ट्रयाक्टरले च्यापिएर गम्भीर घाइते भएकी उनको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  दुर्घटनामा ट्रयाक्टरमा सवार २६ जना सामान्य घाइते भएका थिए । हाल फरार रहेका ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित सडकमा को.२८ प ४०९३ नम्बरको मोटरसाइकल र को.१९ प ९९६५ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा को.१९ प ९९६५ नम्बरको मोटरसाइकल चालक रजाक मिया रहेका छन् । दुर्घटनामा घाइते ३ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।  दाङको लमही नगरपालिका–५ वयलडाडामा रा.१ स ३४५० नम्बरको अटोको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीया राज कुमारी चौधरीको आइतबार राति मृत्यु भएको छ । 

बाटो काट्ने क्रममा अटोले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको लमही अस्पताल हुँदै थप उपचारको लागि बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप