शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा पेस्तोल र गोलीसहित ३ जना भारतीय नागरिक पक्राउ

सोमबार, २० असार २०७९, १३ : ३३
सोमबार, २० असार २०७९

लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट एक थान कटुवा पेस्तोल, सोही पेस्तोलको दुई थान गोली र एक थान चक्कुसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर बस्ने चिनक भनिने ३४ वर्षीय मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अकबर खान र ५५ वर्षीय आसिक अलि रहेका छन् ।  उनीहरू यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल आएका थिए ।

शंका लागि इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनीहरुको पिछा गरेको थियो । सोही क्रममा मोटरसाइकलले गोरुलाई ठक्कर दिई दुर्घटना हुँदा उनीहरूको साथबाट उक्त हतियार बरामद भएको हो । 
घाइते भएका उनीहरूको मेडिकल कलेज भैरहवामा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप