‘माओवादी नेताहरु काठमाडौं आउँदा पार्टीसँग अनुमति लिएर मात्रै आउनुपर्छ’
नेकपा माओवादी केन्द्रका नेता मुक्ति प्रधानले पार्टीका नेताहरु सहरमूखी भएको तर नतिजा भने त्यही सहरमा कमजोर भएको बताएका छन् । केन्द्रीय समिति बैठकमा जारी खुला छलफलका क्रममा बोल्दै प्रधानले पार्टीलाई उपत्यकामा बलियो बनाउनका लागि स्पष्ट नीति बनाइनुपर्नेमा जोड दिए । उनले उपत्यका बाहिरका केन्द्रीय नेताहरुलाई उपत्यकामा बस्न कडाइ गरेर गाउँमै केन्द्रीत गरिनुपर्नेमा जोड दिए ।
‘उपत्यकासहित सहरी क्षेत्रमा पार्टीको उपस्थिति चिन्ताजनक छ । हामी मरुभूमितर्फ उन्मुख भएका छौँ’ उनले भने, ‘उपत्यका जित्न सकेमात्रै पार्टीमाथि विश्वास बढ्छ । बाहिरबाट उपत्यका आउने सबैले विवरण पार्टीमा हुनुपर्छ । बाहिरबाट आउने नेताहरु पार्टीमा स्वीकृत लिएर आउनुपर्छ ।’
पार्टीको सिंगो नेतृत्व जुन ढंगले निर्माण हुनुपर्ने हो त्यो अनुसार हुन नसकेको पनि बताए । अध्यक्ष प्रचण्ड र अरु नेताहरुबीचको ग्यापिङ धेरै ठूलो भइसकेको भन्दै गम्भीर रुपमा सोच्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण