हाम्रो आचरणले राजनीति विद्रुपिकरण भयो : किराती
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सांसद सुदन किरातीले नेताहरुको आचरणले राजनीति विद्रुपिकरण भएको टिप्पणी गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको दोस्रो दिन आफ्नो धारणा राख्नेक्रममा किरातीले लोकतन्त्र मान्छेको जीवन पद्दति हुन नसक्दा धेरै समस्या भइरहेको बताए ।
‘हाम्रो आचरणले राजनीति विद्रुपिकरण भयो । लोकतन्त्र मानिसको जीवन पद्दति हुन सकेन’ किरातीले भने, ‘चिनिया उखान छ, आफ्नो घर बनाउन नसक्नेले समाज बनाउन सक्दैन । पार्टी संरचना बनाउन नसक्नेले मुलुक बनाउन सकिँदैन भन्ने सन्देश गयो । पदाधिकारी बनाउन सक्नुभएन भने जनवाद प्रयोग गरौं हामी बनाउँछौ ।’ पार्टीको नीति र विचार ठिक भएको बताउँदै किरातीले ५ वर्षे योजना बनाएर एक केन्द्रीय सदस्यले एक स्थानीय तह जिताउने अभियान लिएर जानुपर्ने बताए । माओवादी नेता प्रतिवद्ध भएर लागेमा समाजवादको आधार त्यहीँबाट बन्ने किरातीको भनाई छ ।
‘हामी अरुभन्दा केहि भिन्न देखिन सकेनौ । स्वास्थ्य शिक्षा सुधारौँ कमसेकम वडा तहको जनप्रतिनिधिदेखि हामी केन्द्रीय सदस्यहरुको छोराछोरीलाई सरकारी स्कूलमा पढाउन लैजाऔँ’ किरातीले भने, ‘अरुभन्दा हामी झन खराब देखिन थाल्यौँ । अरुहरु बगेको मुलको खान्छ थाहा पाइँदैन, जस्तै बतास, ओम्नी यति खान्छन् । हामी ढलको पानी पिउँदैछौ (सुब्बा, खरदार सरुवामा पैसा खाँदैछौ) हामीलाई झाडापखाला लाग्दैछ ।’ अध्यक्ष प्रचण्डलाई भेटेर मात्रै पार्टी नबन्ने बताउँदै प्रचण्ड आफैले नेतालाई कतिपटक गाउँ जानुभयो भनेर सोध्नुपर्ने किरातीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण