हाम्रो आचरणले राजनीति विद्रुपिकरण भयो : किराती
![हाम्रो आचरणले राजनीति विद्रुपिकरण भयो : किराती](https://rpcdn.ratopati.com/media/albums/cc-maoist-meet_15_BZayMiAwA8.jpg)
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सांसद सुदन किरातीले नेताहरुको आचरणले राजनीति विद्रुपिकरण भएको टिप्पणी गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको दोस्रो दिन आफ्नो धारणा राख्नेक्रममा किरातीले लोकतन्त्र मान्छेको जीवन पद्दति हुन नसक्दा धेरै समस्या भइरहेको बताए ।
‘हाम्रो आचरणले राजनीति विद्रुपिकरण भयो । लोकतन्त्र मानिसको जीवन पद्दति हुन सकेन’ किरातीले भने, ‘चिनिया उखान छ, आफ्नो घर बनाउन नसक्नेले समाज बनाउन सक्दैन । पार्टी संरचना बनाउन नसक्नेले मुलुक बनाउन सकिँदैन भन्ने सन्देश गयो । पदाधिकारी बनाउन सक्नुभएन भने जनवाद प्रयोग गरौं हामी बनाउँछौ ।’ पार्टीको नीति र विचार ठिक भएको बताउँदै किरातीले ५ वर्षे योजना बनाएर एक केन्द्रीय सदस्यले एक स्थानीय तह जिताउने अभियान लिएर जानुपर्ने बताए । माओवादी नेता प्रतिवद्ध भएर लागेमा समाजवादको आधार त्यहीँबाट बन्ने किरातीको भनाई छ ।
‘हामी अरुभन्दा केहि भिन्न देखिन सकेनौ । स्वास्थ्य शिक्षा सुधारौँ कमसेकम वडा तहको जनप्रतिनिधिदेखि हामी केन्द्रीय सदस्यहरुको छोराछोरीलाई सरकारी स्कूलमा पढाउन लैजाऔँ’ किरातीले भने, ‘अरुभन्दा हामी झन खराब देखिन थाल्यौँ । अरुहरु बगेको मुलको खान्छ थाहा पाइँदैन, जस्तै बतास, ओम्नी यति खान्छन् । हामी ढलको पानी पिउँदैछौ (सुब्बा, खरदार सरुवामा पैसा खाँदैछौ) हामीलाई झाडापखाला लाग्दैछ ।’ अध्यक्ष प्रचण्डलाई भेटेर मात्रै पार्टी नबन्ने बताउँदै प्रचण्ड आफैले नेतालाई कतिपटक गाउँ जानुभयो भनेर सोध्नुपर्ने किरातीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छ : अध्यक्ष अग्रवाल
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ : प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत