शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अश्लिल दोहोरी गाउने कलाकारले मागे माफी

सोमबार, २० असार २०७९, १२ : ४१
सोमबार, २० असार २०७९

अश्लिल लाइभ दोहोरी गाउने करिब डेढ दर्जन कलाकारले माफी मागेका छन् । अश्लील गीत गाएर सामाजिक सद्भाव बिगारेको आरोपमा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले स्पष्टीकरण सहितको पत्र काटेपछि उनीहरुले माफी मागेका हुन् ।
आइतबार राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको कार्यालयमा उपस्थित भएर उनीहरुले माफी मागेको प्रतिष्ठानका विकृति विसंगति रोकथाम कार्यदलका संयोजक शिव हमालले जानकारी दिए । ‘प्रतिष्ठानले अश्लिल गीत गाएको आरोपमा २० कलाकारलाई पत्र काटेर स्पष्टीकरण सोधेको थियो’ हमालले थपे ‘तीमध्ये केही बाहेक धेरैले स्पष्टीकरणसहित माफी मागेका छन् । आइन्दा गल्ती नदोहोर्याउने र गरिरहेकालाई समेत सिकाउने भन्दै प्रतिबद्धता सहित कलाकारले माफी मागेको हमालको भनाई छ ।

हुन त यस अगाडि यस्ता माफी र स्पष्टीकरणको श्रृखंला नभएको हैन । तर लाइभ दोहोरीमा छाडा र अश्लिलपन भने रोकिएको छैन ।  ‘लाइभ दोहोरी छाडा र अश्लिल बनाउनेलाई कानुनी कारवाही कारवाहीको समेत व्यवस्था छ । एकपटकलाई माफीमा छोडियो । गल्ती दोहोरिए कानूनी कारवाही हुन्छ’ हमालले थपे । 

प्रत्यक्ष दोहोरीको नाममा छाडा गीत गाएको बिषयमा रातोपाटीले केही श्रृखंलाबद्ध स्टोरी बनाएपछि प्रतिष्ठानले शुद्धीकरण थालेको हो । यस अगाडि प्रतिष्ठानले यसै बिषयमा अन्र्तक्रिया कार्यक्रम समेत गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप