१८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र
सोमबार, २० असार २०७९, १२ : १७
नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब एक करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । ९१ दिने र ३६४ दिने गरी दुई किसिमको ट्रेजरी बिल निष्काशन गर्न लागेको बैंकले सोमबार दिउँसो ३ बजे बिलको बोलकबोल हुने जनाएको छ ।
ट्रेजरी बिलको निष्काशन भने भोलि मंगलबार (असार २१ गते) हुनेछ । बैंकका अनुसार कुल १८ अर्ब एक करोड रुपैयाँ मध्ये ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ र ३६४ दिनका लागि ८ अर्ब ९१ करोड रुपैयाँ छुट्याइएको छ । कुल रकम मध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत विना प्रतिस्पर्धाबाट बाँडफाँड गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)