५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
सोमबार, २० असार २०७९, १२ : ०८
नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले असार २२ गते ६ वर्षे विकास ऋणपत्र २०८५ ‘च’ जारी गर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त विकास ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । सार्वजनिक बोलकबोलको माध्यमबाट बिक्री गरिने विकास ऋणपत्र भोलि अर्थात् असार २१ गते बोलकबोल हुने बैंकले जनाएको छ ।
बैंकका अनुसार कुल रकम मध्ये ८५ प्रतिशत अर्थात् ४ अर्ब २५ करोड रुपैयाँ प्रतिस्पर्धाबाट र बाँकी १५ प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ भने विना प्रतिस्पर्धा बाँडफाँड गरिने बैंकले जनाएको छ ।
ऋणपत्र खरिदकर्ताले अर्धवार्षिक (छ÷छ) महिनामा ब्याज पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा