रुपन्देहीमा हतियारसहित ३ जना भारतीय पक्राउ
सोमबार, २० असार २०७९, ११ : १७
रुपन्देहीबाट प्रहरीले हतियारसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला बस्ने मेदी हुसेन, अकबर खान र आसिक अलि छन् । जिल्ला प्रहरी कार्यालयका रुपन्देहीमा प्रवक्ता नवरत्न पौडेलका अनुसार उनीहरुको साथबाट एउटा कटुवा पेस्तोल, केएफ ९एम एम लेखिएको २ राउन्ड गोली र चक्कु १ थान फेला परेको छ ।
उनीहरु सवार रुपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ बसपार्क नजिक अनियन्त्रित भई दुर्घटना थियो । मोटरसाइकल दुर्घटनामा परि तीनै जना घाइते भएको थिए । प्रहरी चेकजाँचमा उनीहरुले हतियार बोकेर हिँडेको खुल‍ेको थियो ।
उनीहरूलाई उपचारको मेडिकल कलेज भैरहवामा उपचारपछि अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको राखिएको प्रवक्ता पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा