मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

व्याप्त छ सडक खन्ने असारे मेलो

सोमबार, २० असार २०७९, ११ : १४
सोमबार, २० असार २०७९

सडक विभागले गत जेठको अन्तिम साता सूचना नै निकालेर असार १ देखि भदौ मसान्तसम्म सडक खन्न वा भत्काउन नदिने घोषणा गर्‍यो । विभागको संघीय सडक अनुगमन तथा सुपरिवेक्षण कार्यालय काठमाडौँले सूचना निकालेर कुनै पनि सडक खन्न अनुमति नदिइने भनेको भए पनि अहिले काठमाडौँका विभिन्न स्थानमा विभिन्न बहानामा सडक खन्ने काम भइरहेको छ ।

रातोपाटीका फोटो पत्रकार सुवास श्रेष्ठले काठमाडौँको किलागल, ठमेल र नयाँ बजार पुग्दा सरकारी निकायको निर्णय र सूचनालाई बेवास्ता गर्दै सडक खनिरहेको त कतै डाइभर्सन बनाएर राखिएको तस्बिर कैद गरेका छन् ।

'वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जान्छ। त्यसैले यही २०७९ साल असार १ गतेदेखि २०७९ साल भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति दिइने छैन,' सूचनामा भनिएको थियो तर पालना भने भएको छैन । सूचनामै विभागले कसैले अटेर गर्दै जबरजस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने भनेको भए पनि यसको पालना र अनुगमन भने हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप