शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभामा ओलीले सम्बोधन गर्ने

सोमबार, २० असार २०७९, ११ : १०
सोमबार, २० असार २०७९

प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।  एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले अध्यक्ष ओलीले आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने जानकारी दिए । 

‘सम्बोधनका लागि समय माग गरिएको छ, समसामयिक विषयमा धारणा राख्नुहुनेछ’, नेम्वाङको भनाई छ । एमालेले महँगी, भ्रष्टाचार, मल अभावका विषयमा सरकारको विरोध गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप