शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालका लागि ४० वर्षपछि गोलको खडेरी तोड्ने दर्शन गुरुङ अष्ट्रेलिया प्रस्थान

सोमबार, २० असार २०७९, ११ : ०५
सोमबार, २० असार २०७९

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड दर्शन गुरुङ अष्ट्रेलिया प्रस्थान गरेका छन् ।  दर्शन आइतबार अष्ट्रेलिया प्रस्थान गरेका हुन् । गत जुनमा कुवेतमा भएको एएफसी एसियन कप छनोटको खेलका लागि २३ सदस्यीय टोलीमा थिए ।
दर्शन कुवेत विरुद्ध ४० वर्षपछि नेपालका तर्फबाट गोल गर्ने खेलाडी हुन् । उनले गत महिना एसियन कपको छनोटमा कुवेत विरुद्ध गोल गर्न सफल भएका थियो ।

दर्शनसँगै सन्तोष तामाङ पनि अष्ट्रेलिया प्रस्थान गरेका छन् । सन्तोषले २०७५ चैत ७ गते कुवेतविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए । दर्शनले २०७७ कार्तिक २८ गते बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए । यसअघि पनि नेपाली खेलाडीहरु धेरै अष्ट्रेलिया गएका छन् । राष्ट्रिय टोलीका सदस्य सुमन लामा र आशिष लामा अष्ट्रेलिया गएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप