बुटवलमा जर्मन प्रविधिबाट तार उत्पादन
बुटवल औद्योगिक क्षेत्रमा रहेको लुम्बिनी विद्युत् उद्योग प्रालिले जर्मन प्रविधिमा आधारित ‘एबी’ केबलको व्यावसायिक उत्पादन गरिरहेको छ । विद्युत पोलमा प्रयोग हुने तारलाई सुरक्षित तुल्याउन बाहिरबाट प्लाष्टिकको कालो कभरले छोपेर उत्पादन थालिएको सो कम्पनीले जनाएको छ ।
पोलबाट तार भुइँमा खस्दा करेन्ट लागेर मानवीय क्षति हुने गरेको सन्दर्भमा कम्पनीले यस्तो भवितव्यमा पनि जोखिम कम होस् भन्ने उद्देश्यले सुरक्षित हुने गरी उत्पादन थालेको जनाइएको छ । यसबाट विद्युतीय दुर्घटनामा कमी हुने कम्पनीको दाबी छ ।
सुरक्षित तथा गुणस्तरीय तार उत्पादनका लागि जर्मन प्रविधिका नयाँ र आधुनिक प्लान्ट जडान गरेको कम्पनीको भनाइ छ । यो उद्योगमा प्रतिवर्ष झन्डै ७२ हजार किलोमिटर लामो सुरक्षित र गुणस्तरीय तार उत्पादन गर्ने क्षमताका जर्मन प्रविधिका प्लान्ट जडान भएका छन् ।
निर्यात समेत गर्न सकिने गरी गुणस्तरीय एबी केबलको उत्पादन गर्दै आएको उद्योगका अध्यक्ष रोहित गुप्ताको दाबी छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने र नेपालमा भएको उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी निर्यातको समेत लक्ष्यका साथ गुणस्तरीय सामग्रीको उत्पादन गरिएको उनले बताए ।
यस उद्योगले भारत, युएई र अस्ट्रियाबाट आवश्यक कच्चा पदार्थ ल्याइरहेको छ । युएईबाट तामा, भारतबाट अल्मुनियम र अस्ट्रियाबाट इन्सुलेशन कभरको आयात गर्दै आएको उद्योगका उत्पादन प्रमुख शिव शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनाभर रोटी, भात र पाउरोटी खाएन भने शरीरमा के हुन्छ ?
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
ललितपुर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण सुरु
-
बागमतीमा वैशाख २४ गते सार्वजनिक बिदा
-
केपी ओलीले कार्यकर्तालाई भने, ‘जातका कुरा मनमा नराख्नुहोस्’
-
महोत्तरीको मटिहानीमा आगलागी, ७० घरमा क्षति