शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अफ्रिकन कप अफ नेसन्स सर्‍यो

सोमबार, २० असार २०७९, १० : ५७
सोमबार, २० असार २०७९

अफ्रिकन कप अफ नेसन्स एक वर्ष पछि सरेको छ । आइभरी कोस्टमा आगामी वर्ष हुने भनिएको प्रतियोगिता सन् २०२४ सम्मका लागि सरेको हो । यसअघि प्रतियोगिता २०२३ को जुन र जुलाईमा हुने तालिका रहेको थियो । अब प्रतियोगिता २०२४ को जनवरी र फेब्रुअरीमा आयोजना हुनेछ ।

कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ)ले वर्षाको समयमा प्रतियोगिता हुन नसक्ने भएकाले सारिएको बताएको छ । क्यामरुनमा भएको अघिल्लो संस्करणको उपाधि सेनेगलले जितेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप