अपर सोलू हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो
सोमबार, २० असार २०७९, १० : ५१
आजदेखि अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको साधारण सेयर (आईपीओ) बिक्री खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित साढे १९ लाख कित्ता आईपीओ बिक्री खुलाएको हो ।
धितोपत्र बोर्डका अनुसार कम्पनीको १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता सेयर बिक्री खुलेको हो । यसमध्ये, कर्मचारीका लागि ३९ हजार १५० कित्ता सेयर छुट्याइएको छ । यस्तै, ९७ हजार ८७५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ ।
खासगरी, कम्पनीले आफ्नो जारी चुक्ता पूँजी १ अर्ब ३५ करोडको २४.५ प्रतिशत सेयर जारी गर्ने छ । यसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १३ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातवर्षमा चौथो पटक म्याद थप गर्दा पनि चार किमी सडक भएन कालोपत्र
-
जिल्ला स्तरीय अभिमुखीकरणका लागि एमाले शीर्ष नेताहरू धनकुटा आउँदै
-
क्रिकेटबाट सन्न्यास लिने सन्दीपको सङ्केत
-
मोरङको बेलबारी, सुन्दरहरैँचा, केराबारीमा जङ्गली हात्तीले उपद्रो मच्चाउन छाडेन
-
एआईको युगमा सुखी जीवन
-
पुल अभावका कारण किसानलाई सुन्तला बिक्री गर्न सकस