बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

यादवले भने, ‘मन्त्रीबाट फिर्ता बोलाएको जानकारी मलाई छैन’

सोमबार, २० असार २०७९, १० : ३१
सोमबार, २० असार २०७९

जनता समाजवादी पार्टी नेपालले सरकारमा पठाएको तीन मन्त्रीलाई फिर्ता बोलाएको छ । तर पार्टीबाट मन्त्री भएका कार्यकारिणी सदस्य महिन्द्रराय यादवले भने सरकारबाट मन्त्री फिर्ता बोलाएको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए । 

कृषि तथा पशुपन्छी विकास मन्त्री रहेका नेता यादवले भने, ‘पार्टीले कतिखेर निर्णय गर्‍यो, कतिखेर कसलाई पठायो, कसलाई फिर्ता बोलायो, त्यसको बारेमा आफूलाई कुनै जानकारी छैन । उनले यस विषयमा पार्टीमा छलफल भएपछि थप कुरा बताउने बताए । मन्त्री यादव जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई निकट मानिन्छन् । उनी मन्त्री फिर्ता बोलाउन नहुने पक्षमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप