शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इमरान लागू औषध दुर्व्यसनी भएको आरोप

सोमबार, २० असार २०७९, १० : २७
सोमबार, २० असार २०७९

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त पञ्जाबका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि गम्भीर आरोप लगाएका छन् । तरारले खान लागू औषध दुर्व्यसनी भएको आरोप लगाएका हुन् ।

उनले भने, ‘इमरान खान सुरुदेखि दुर्व्यसनी हुन् । सरकारलाई थाहा छ कि उनको भव्य घर बनीगालामा लागू औषध कसले पुर्‍याउँछ । चरेस र कोकिन बिना इमरान दुई घण्टा पनि बस्न सक्दैनन् ।’

इमरानमाथि लागू औषध प्रयोग गरेको आरोप लागेको यो पहिलोपटक भने होइन । यसअघि सन् २०२० मा पाकिस्तानका पूर्व तीव्र गतिका बलर सरफराज नवाजले सार्वजनिक रूपमा टिभी कार्यक्रममा यस्तो आरोप लगाएका थिए । त्यस्तै, इमरानकी दोस्रो पत्नी रेहमले पनि खानले लागू औषध दुर्व्यसनी भएको दाबी गरेकी थिइन् ।

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप