शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट भाषणको २० दिनपछि गण्डकी प्रदेश सभा बैठक बस्दै

सोमबार, २० असार २०७९, ०९ : ५५
सोमबार, २० असार २०७९

बजेट भाषण गरेको २० दिनपछि गण्डकी प्रदेश सभाको बैठक आज बस्दैछ । लामो समयको रस्साकस्सीपछि गण्डकी प्रदेशको दिउँसो १ बजेदेखि बैठक बस्ने प्रदेश सभा सचिव हरिराज पोखरेलले रातोपाटीलाई जानकारी दिए ।

आइतबार बसेको गण्डकी प्रदेशको कार्यव्यवस्था समितिको बैठकमा सहमति भएपछि आज प्रदेश सभा बैठक बस्ने भएको हो । आज र भोलि विनियोजन विधेयकमा छलफल हुने र २२ गतेदेखि बजेटउपर छलफल हुने भएको हो ।

असार १ गते गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामजी बरालले आर्थिक वर्ष २०७९–०८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट प्रस्तुत गरेका थिए ।

बजेट भाषणपश्चात २ गते बजेटउपर छलफल गर्ने भनिएपनि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थमन्त्री रामजी बराल र प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको तालमेल नमिल्दा बजेटउपर दफावार छलफल हुन सकेको थिएन ।

अब भने सोमबार छलफल हुनेगरि आज बसेको कार्यव्यवस्था समितिले सहमति जुटाएको छ । पहिलेको सरकारले व्यवस्था गरेको निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रम हटाएको भन्दै, बजेटको तीब्र बिरोध भएको थियो । अर्थमन्त्री बरालले प्रमुख प्रतिपक्ष, तथा गठबन्धन कै सांसहरुलको आलोचना खेप्दै आएका थिए ।

बरालले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड आकारको बजेट प्रस्तुत गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप