शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का

सोमबार, २० असार २०७९, ०९ : ३८
सोमबार, २० असार २०७९

नेपाल डीपी लिमिटेडले डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क बुझाउन अनुरोध गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो । 

 कम्पनीको आर्थिक वर्ष २०७८–०७९ सम्म डिम्याट खाता संचालन गरेबापत लाग्ने शुल्कहरु असार मसान्तभित्र  ग्लोबल आइएमई बैंक लिमिटेडको कमलादी शाखामा रहेको बैंक खातामा भुक्तानी गर्न आग्रह गरिएको छ । साथै ग्राहकले मेरो शेयरको माइ प्रोफाइलमार्फत इ सेवा, कनेक्ट आइपीएस, आइएमई पे र खल्तीमार्फत भुक्तानी गर्न सक्नेछन् ।

कम्पनीले तोकेको  समयभित्र डिम्याट खाताको सम्पूर्ण  वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको शुल्क भुक्तानी  नगरेसम्मका लागि डिम्याट खाता रोक्का गरिने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप