शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१ सय करोड क्लबमा ‘जुग जुग जियो’

सोमबार, २० असार २०७९, ०८ : ३७
सोमबार, २० असार २०७९

अभिनेता वरुण धवन र कियारा आडवाणी स्टारर फिल्म ‘जुग जुग जियो’ ले विश्वभर १०० करोड भारुको आँकडा पार गरेको छ । यस फिल्ममा अनिल कपुर पनि मुख्य भूमिकामा छन् । हालै फिल्म १०० करोड क्लबमा परेपछि वरुण र अनिलले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै खुसी व्यक्त गरेका छन् ।

वरुण धवनले फिल्मको पोस्टर सेयर गर्दै लेखेका छन्, "विश्वव्यापी १०० करोड। तपाईं सबै फ्यानहरूलाई धेरै धेरै धन्यवाद।" अर्कोतर्फ अनिल कपूरले लेखेका छन्, "यो भन्दा खुसीको कुरा के हुन सक्छ। हाम्रो 'जुग जुग जियो' परिवारलाई यति धेरै माया दिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। हामीसँग रहनुहोस्।"

फिल्म २४ जुनमा विश्वभर ४ हजार ३८९ स्क्रिनमा रिलिज भएको थियो । योसँगै फिल्मले भारतमा ३ हजार ३ सय ७५ स्क्रिन पाएको छ । राज मेहताको निर्देशनमा बनेको यस फिल्ममा वरुण-कियाराका अलावा अनिल, मनिष पल र प्राजक्ता कोली पनि मुख्य भूमिकामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप