
श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक पुरुष कारागार चलान

गुल्मीमा आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा आइतबार एक पुरुष पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्लाको मदाने गाउँपालिका–४ का ३५ वर्षीय विवश क्षेत्री (नाम परिवर्तन) २५ वर्षीया श्रीमती निर्मोही (नाम परिवर्तन) लाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा कारागार चलान भएका हुन्।
जिल्ला न्यायाधीशको अनुपस्थितिमा श्रेस्तेदार भीमप्रसाद भुसालले उनलाई पुर्पक्षका लागि कारागार थुना पठाउने आदेश गरेको जिल्ला अदालत गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार जेठ २५ गते राति श्रीमानले आफुलाई जबर्जस्ती करणी गरेको भन्दै निर्मोहीले जेठ २८ गते जाहेरी दिएकी थिइन् ।
त्यसलगत्तै पक्राउ परेका विवश आइतबारसम्म प्रहरी हिरासतमा थिए । आरोपित पुरुषका बाबुले भने बुहारीले अनाहकमा फसाएको जिकिर गरेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ