
केएमसीबाट रमाको शव उठाउने सहमति
पीडित परिवारलाई ८ लाख दिन विद्यालय सहमत

बुद्दनगरस्थित केएमसी स्कुलमा मृत फेला परेकी रमा रायमाझीको शव उठाउन परिवार सहमत भएका छन् । शानिवार साँझ उनी स्कुलको होस्टलमा मृत भेटिएकी थिइन् । काभ्रे घर भएकी २१ वर्षीया रमाको शव उठाउन परिवारसँग सहमती भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
राष्ट्रिय मानव अधिकार आयोगका अधिकारीको रोहवरमा सहमति गरेर शव पोष्टमार्टमाका लागि त्रिवि शिक्षण अस्पतालमा पठाउन लागिएको एसपी मैनालीले जानकारी दिए । विद्यालय पीडितका परिवारलाई ८ लाख क्षतिपूर्ति दिन सहमत भएको छ । होस्टलको डबल टेकर खाटमा झुण्डिएको अवस्थामा रमाको शव भेटिएको थियो । रमाको हत्या आशंका गरेर छानविन र क्षतिपूर्तिको माग गर्दै आफन्तले शव उठाउन रोकेका थिए ।
घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान शुरु गरेका छन् । आइतबार दिनभर स्कुल अगाडि आफन्तले प्रदर्शन गरेका थिए । शनिवार अबेरसम्म रमा घर नआएपछि उनकी बहिनी गोमा स्कुलमा गएकी थिइन् । गोमाले नै दिदी झुण्डेको देखेको बताइएको छ । स्कुल परिसरमा भेटिएका मृतकका दाई नाता पर्ने निर्मल रायमाझीले हत्या आशंका गर्दै घटनाको अनुसन्धान र छानविन गर्न माग गरेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ