शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दशरथचन्द राजमार्ग एकतर्फी सञ्चालनमा

आइतबार, १९ असार २०७९, २२ : ५८
आइतबार, १९ असार २०७९

पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । अवरुद्ध बनेको राजमार्ग सात घण्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । 

राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग  अवरुद्ध भएको थियो । राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालयसँगको समन्वयमा लगिएको  डोजरले पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

पूर्णरूपमा सडक सञ्चालनमा आउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध बनेपछि बझाङ, बैतडी र दार्चुलाका गाडीहरु बीच बाटोमा अलपत्र परेका थिए । अलपत्र परेका यात्रुहरू एकतर्फी सडक खुलेसँगै आ–आफ्नो गन्तव्यमा जान थालेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप