शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीमा चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते

आइतबार, १९ असार २०७९, २२ : ४४
आइतबार, १९ असार २०७९

बैतडीमा चट्याङ लागेर एक महिला घाइते भएकी छन् । घाइते हुनेमा जिल्लाको दोगडाकेदार गाउँपालिका २ बडियाकी ४० वर्षीया सुनादेवी बिष्ट रहेकी छन् ।

अपरान्ह ४ बजेतिर तिर चट्याङ लागेर बिष्ट घाइते भएको प्रहरीले जनाएको छ ।  चट्याङ लागेर उनले पालेका ३ बाख्रा समेत मरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता एवंम प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

घाइतेको स्थानीय मेडिकलमा उपचार गरिएको छ । चट्याङका कारण घरको वाईरिङमा क्षति भएको स्थानीयबासी काशीसिंह बिष्टले बताए ।  चट्याङ लागेर शनिबार दोगडाकेदार ७ मा एक भैँसीसमेत मरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप