
१७ डीआईजीको पदस्थापन, ट्राफिकमा मीरा चौधरी
गृह मन्त्रालयले बढुवा भएका १७ जना डीआईजीको पदस्थापन गरेको छ । प्रदेश–१ मा सुदिप गिरी, बागमती प्रदेशमा किरण बज्राचार्य, गण्डकीमा रामदत्त जोशी र कर्णालीमा पोषराज पोखरेललाई पदस्थापन गरिएको छ ।
डीआईजी मीरा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन गरेर काज सरुवा गरिएको छ । चौधरीलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाणले डीआईजी पदस्थापनको निर्णय गरेका हुन् ।
डीआईजी वसन्त कुँवरलाई कार्य विभाग, टेकप्रसाद राईलाई आईजीपीको सचिवालय, अशोक सिंहलाई विशेष ब्यूरो, दिपक थापा प्रबन्ध निर्देशनालय र दुर्गा सिंहलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा पदस्थापन गरिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ