
बढुवा भएका १७ जना डीआईजीले लगाए दर्ज्यानी चिन्ह
नेपाली प्रहरीको डीआईजीमा बढुवा भएका १७ जनालाई आईजीपी धीरजप्रताप सिंहले फुली लगाइदिएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा सिंहले फुली लगाइदिएका हुन् ।
गृहमन्त्री बालकृष्ण खाणले असार १७ मा डीआईजीमा बढुवा, नियुक्तिको निर्णय गरेका थिए । असार ८ मा बढुवा समितिले उनीहरुलाई प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा गर्न सिफारिस गरेको थियो ।
बढुवा हुनेहरुमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दिपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी र मीरा चौधरी छन् । त्यस्तै, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गासिंह र किरण राणा छन् ।
पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई बधाई दिँदै भविष्यमा नेपाल प्रहरी संगठनको उच्च तहमा पुग्न सक्षम भएको प्रमाणित गराउने गरी काम गर्न आईजीपी सिंहले आग्रह गरेका छन् । पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक वसन्तबहादुर कुँवरले जुनसुकै किसिमको गैर व्यावसायिक आचरण, व्यवहार, हाउभाउ र जीवनशैलीप्रति शून्य सहनशीलता अपनाउँदै सांगठनिक लक्ष्य हासिल गर्ने गरी काम गर्ने प्रतिवद्धता जनाए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ