शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

केएमसीमा रमाको मृत्यु : होस्टलको खाटमा झुण्डिएको अवस्थामा शव

स्कुल र आफन्तबीच सहमति गराउने प्रयासमा प्रहरी
आइतबार, १९ असार २०७९, ०६ : ५७
आइतबार, १९ असार २०७९

बुद्दनगरस्थित केएमसी स्कुलमा मृत फेला परेकी रमा रायमाझीको अझै उठेको छैन । शनिवार साँझ उनी स्कुलको होस्टलमा मृत भेटिएकी थिइन् । काभ्रे घर भएकी २१ वर्षीया रमाको शव होस्टलको डबल टेकर खाटमा झुण्डिएको अवस्थामा भेटिएको छ ।

रमाको हत्या आशंका गरेर छानविन र क्षतिपूर्तिको माग गर्दै आफन्तले शव उठाउन दिएका छैनन् । उनी स्कुलको होस्टल क्यान्टिनमा कार्यरत थिइन् । डबल टेकर खाटको माथिल्लो भागमा पासोमा शव झुण्डिएको छ ।

घटनास्थलमा गएका त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सिक गोपाल चौधरीलाई आफन्तले फर्काएका छन् । आइतबार दिनभर स्कुल अगाडि आफन्तले प्रदर्शन गरेका छन् । समाचार तयार गर्दासम्म आफन्त र स्कुल प्रशासनको बीचमा सहमति भएको छैन । सो विद्यालयका प्रिन्सिपल द्वारिकानाथ अम्गाईं हुन् ।

आफन्तहरु सहमत नहुँदा सिसिटिभी फुटेज र मोवाइल अनुसन्धान गर्न नपाएको  प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरीले आफन्त र स्कुल प्रशासनको बीचमा सहमति गराउने प्रयास गरिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली घटनास्थलमा छन् । ‘स्कुल प्रशासन र आफन्तको बीचमा कुरा भइरहेको छ’ एसपी मैनालीले भने–‘सहमति गरेर शव पोष्टमार्टम गर्न पठाउने तयारीमा छौं ।’

शव सड्न सक्ने भन्दै प्रहरीले चाँडो शव उठाउने प्रयास गरिरहेको छ । प्रहरीले विद्यालयमा रमासँग निकट रहेका विद्यार्थीहरूबारे सोधपुछ गरिरहेको छ । शनिवार अबेरसम्म  रमा घर नआएपछि उनकी बहिनी गोमा स्कुलमा गएकी थिइन् । गोमाले नै दिदी झुण्डेको देखेको बताइएको छ । स्कुल परिसरमा भेटिएका मृतकको दाई नाता पर्ने निर्मल रायमाझीले हत्या आशंका गर्दै घटनाको अनुसन्धान र छानविन गर्न माग गरेका छन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप