नेपालीले ११ महिनामै खाए ६६ करोडको कुरकुरे र चिजबल्स

चालू आर्थिक वर्षको ११ महिनाको अवधिमै नेपालमा ६६ करोड ६५ लाख २५ हजार रुपैयाँको कुरकुरे, कुरमुरे, लेज र चिजबल्स आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि जेठ महिनासम्मको अवधिमा उक्त मूल्यको कुरकुरे, कुरमुरे, लेज र चिजबल्स आयात भएको हो ।
यस अवधिमा नेपालीले उक्त मूल्य बराबरको १४ लाख २४ हजार किलोग्राम कुरकुरे, कुरमुरे, लेज र चिजबल्स आएका छन् । यो तथ्यांकले नेपालले प्रत्येक वर्ष यस्तै वस्तुको आयातमा करोडौं रुपैयाँ बाहिर पठाइरहेको देखिन्छ । नेपालले विश्वका एक दर्जन देशबाट यस्ता वस्तुको आयात गर्दै आइरहेको छ । यस अवधिमा भारतबाट ५२ करोड ५१ लाख रुपैयाँको कुरकुरे, कुरमुरे, लेज र चिजबल्स आयात भएको छ । यो नेपालले यी वस्तु आयात गर्दै आएको अन्य मुलुकहरूको तुलनामा सबैभन्दा धेरै हो ।
यस्तै, मलेसियाबाट १२ करोड रुपैयाँको र दक्षिण कोरियाबाट ७७ लाख रुपैयाँको आयात भएको छ । यसैगरी, चीन, बंगलादेश, अमेरिका, बेलायत, साउदीअरब, जापान, इण्डोनेसिया लगायतका मुलुकबाट समेत नेपालमा यस्ता वस्तु आउने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
-
प्रहरीसँगको झडपमा एक दर्जनभन्दा बढी शिक्षक घाइते, महासंघले आकस्मिक बैठक बोलायो
-
सर्लाहीबाट स्रोत नखुलेको ३२ लाख नगदसहित भारतीय युवक पक्राउ
-
प्रहरीसँगको झडपपछि शिक्षकहरूले मागे गृहमन्त्रीको राजीनामा
-
भारतीय क्रिकेट टोलीका प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ
-
अशान्त बन्यो शिक्षक आन्दोलन, तस्बिरहरू