शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वात्तै घट्यो टेस्ला कारको बिक्री

आइतबार, १९ असार २०७९, २१ : २१
आइतबार, १९ असार २०७९

सन् २०२१ को दोस्रो त्रैमासिकमा अमेरिकी विद्युतीय कार निर्माता टेस्लाको बिक्रीमा ह्वात्तै गिरावट आएको छ । चीनमा पुनः बढिरहेको कोरोना महामारीका कारणले गरिएको लकडाउनले उत्पादन घट्नुका साथै बिक्रीमा समेट भारी गिरावट आएको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ ।

कम्पनीले गत वर्षको तुलनामा यो वर्षको दोस्रो त्रैमासमा १८ प्रतिशतभन्दा बढीले बिक्री घटेको जानकारी दिएको छ । दोस्रो त्रैमासमा कम्पनीले विश्वभर २ लाख ५५ हजार सवारी बेचेको छ । जुन, पहिलो त्रैमासको तुलनामा १५ प्रतिशतको गिरावट हो । कम्पनीले पहिलो त्रैमासमा २ लाख ५९ हजार सवारी बेचेको थियो ।

चीनको सांघाई शहरमा रहेको कम्पनीको प्लान्ट कोरोना महामारीका कारण अप्रिल महिनाको केही हप्ता बन्द भएको थियो । जसकारण, कम्पनीको उत्पादनमा भारी गिरावट आएको थियो । यस्तै, सोही अवधिमा कम्पनीका सप्लायर्सहरुले पनि पर्याप्त मात्रामा अर्डर पुरा गर्न सकेका थिएनन् । जसले उत्पादनसँग बिक्रीमा समेत गिरावट ल्याएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप