शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आसाममा बाढीको स्थिति भयावह, हालसम्म १ ७४ जनाको मृत्यु

आइतबार, १९ असार २०७९, २१ : १८
आइतबार, १९ असार २०७९

आसाममा बाढीको स्थिति अझै पनि भयावह रहेको छ । राज्यभरिमा बाढीबाट २२.१७ लाखभन्दा बढी मानिसहरू प्रभावित भएका छन् ।

आसामका ३४ जिल्लामध्ये २७ जिल्लाका कम्तीमा १,९३४ गाउँ बाढीको चपेटामा परेका छन् । काछार जिल्लामा डुबेर थप एक जनाको मृत्यु भएसँगै यस वर्षको अप्रिलदेखि सुरु भएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १७४ पुगेको छ । आसाम भएर बग्ने प्रमुख नदीहरु ब्रह्मपुत्र, कोपिली, दिसाङ र बुर्हिडिहिङहरुमा पानीको बहाव खतराको चिन्हभन्दा माथि नै रहे पनि विगतको भन्दा प्रवाहमा ह्रास आएपछि केही जिल्लाको स्थितिमा भने सामान्य सुधार आएको छ ।

कछार सबैभन्दा बढी प्रभावित जिल्लामध्ये एक हो, जसमा करिब १२ लाख ३२ हजार मानिसहरू प्रभावित छन् । त्यसपछि नागाउँमा लगभग ३ लाख ७९ हजार मानिस प्रभावित छन् भने बारपेटामा २२ लाख ८ हजारभन्दा बढी मानिसहरू बाढीबाट प्रभावित छन् । जिल्ला प्रशासनले २३ जिल्लामा ४०४ राहत शिविर स्थापना गरी २ लाख ७७ हजारभन्दा बढी मानिसलाई आश्रय दिएको बताएको छ । 

त्यस्तै १३८ राहत वितरण केन्द्रमार्फत बाढीपीडितलाई राहत सामग्री पनि वितरण भइरहेको प्रशासनले बताएको छ । बाढीको पानीले प्रभावित जिल्लाका ५०,७१४ हेक्टरभन्दा बढी खेतीयोग्य जमिन डुबानमा पारेको छ । बाढीले सयौं घर, सडक, पुल, कल्भर्ट, सिँचाइ नहर र तटबन्धमा क्षति पुर्याएको छ भने यसले झण्डै ८ लाख घरपालुवा जीव तथा कुखुरालाई समेत असर गरेको छ । प्रभावित मानिसलाई सघाउनको लागि राज्यका विभिन्न तहका नागरिक तथा सैन्य संगठनहरु सक्रिय रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप