पत्रकार अबु अक्लेहको हत्यामा प्रयोग भएको गोली प्यालेस्टाइनद्वारा अमेरिकालाई हस्तान्तरण
प्यालेस्टिनी अथोरिटीले ख्यातिप्राप्त प्यालेस्टिनी–अमेरिकी पत्रकार शिरिन अबु अक्लेहको हत्यामा प्रयोग भएको गोलीलाई फोरेन्सिक परीक्षणको लागि अमेरिकी अधिकारीलाई हस्तान्तरण गरेको छ ।
कतारी टेलिभिजन च्यानल अल जजिराकी पत्रकार पत्रकार अबु अक्लेह मे ११ मा नियन्त्रित वेस्ट बैंकको प्यालेस्टिनी सहर जेनिनमा इजरायली आक्रमणको रिपोर्टिङ गर्ने क्रममा मारिएकी थिइन् ।
उनको मृत्युपछि प्यालेस्टाइनी आक्रोश र अन्तर्राष्ट्रिय आलोचना सिर्जना भएको थियो । ‘प्यालेस्टाइन राज्यका सम्बन्धित पक्षले अमेरिकालाई बुलेटको अनुसन्धान गर्न सहमति दिएको छ,’ प्यालेस्टाइन अथोरिटीका महान्यायाधिवक्ता अकरम अल–खातिबले एक विज्ञप्तिमा भने । विज्ञप्ति प्यालेष्टाइनको सरकारी समाचार एजेन्सी डब्लुएएफएले प्रकाशित गरेको थियो ।
जेरूशेलमस्थित अमेरिकी कूटनीतिक अधिकारीहरूले भने यसमा तत्काल कुनै टिप्पणी गरेनन् । इजरायली पक्षले पनि यस विषयमा केही नबोले पनि रक्षामन्त्री बेनी गान्ट्जले गत मे महिनामा इजरायलले ‘अन्तर्राष्ट्रिय शक्तिसँग पत्रकार अबु अक्लेहको हत्याको अनुसन्धान गर्न तयार रहेको’ प्रतिक्रिया दिएका थिए । आफ्नै अनुसन्धानपछि प्यालेस्टाइनी अथोरिटीले पत्रकार अबु अक्लेहलाई इजरायली सैनिकले ‘नियतवश गोली हानी हत्या’ गरेको बताएको छ ।
इजरायलले यो आरोप अस्वीकार गर्दै आफू पनि अलग रुपमा हत्याको अनुसन्धान जारी राखेको बताएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले जुलाई १३–१६ मा यस क्षेत्रको भ्रमणको क्रममा प्यालेस्टिनी र इजरायली नेताहरूसँग अलग–अलग भेट गर्ने अपेक्षा गरिएको छ । भ्रमणमा अबु अक्लेहको हत्याको मुद्दा पनि उठ्न सक्छ ।
भिडियो फुटेजमा ५१ वर्षीया अबु अक्लेहले गोली हानेको बेलामा स्पष्ट रूपमा ‘प्रेस’ चिन्ह लगाइएको नीलो भेस्ट लगाएको देखिन्छ । हत्याको समयमा अबु अक्लेहसँग रहेको दुई सहकर्मीहरूका अनुसार कुनै सैन्यको नजिक नहुँदा हँुदै पनि आफूहरुलाई इजरायली स्नाइपरले गोली हानेको बताएका छन् । श्रोत- रोयटर्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार