बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

हिमालयन हाइड्रो​को आईपीओमा कति पर्यो आवेदन ?

आइतबार, १९ असार २०७९, २१ : ०१
आइतबार, १९ असार २०७९

हिमालयन हाइड्रोपावर कम्पनीको सेयरमा मागभन्दा १० गुणा बढी आवेदन परेको छ । असार १५ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरेको कम्पनीको सेयरमा मागभन्दा १० गुणा बढी आवेदन परेको हो ।

आवेदन भर्ने आज अन्तिम दिनको साँझ ५ बजेसम्म १ अर्ब ४८ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ९९ हजार ९८० कित्ता सेयरका लागि आवेदन परेको छ । सीडीएसी एण्ड क्लियरिङ हाउसका अनुसार यो मागभन्दा १० गुणाले बढी आवेदन परेको हो । कुल १६ लाख २६ हजार ४३० आवेदकबाट उक्त आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणका लागि १८ लाख ३० हजार ४७२ कित्ता सेयरको आवेदन खुलाएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित कूल १९ लाख ६८ हजार २५० कित्ता सेयर बिक्री खुलाएको थियो । यसमध्ये, कर्मचारीका लागि ३९ हजार ३६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९८ हजार ४१३ कित्ता सेयर छुट्याएको थियो ।

यद्यपी, कम्पनीको सेयर भने जम्मा १ लाख ८३ हजार ४७ जनाले मात्रै प्रतिकित्ता १० रुपैयाँका दरले पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप