नागरिक लगानी कोषले अनलाईन प्रणालीबाट रकम दाखिला गर्ने
![नागरिक लगानी कोषले अनलाईन प्रणालीबाट रकम दाखिला गर्ने](https://rpcdn.ratopati.com/media/albums/nagarik_lagani_kosh_cit_q9CCirCnzK.jpg)
नागरिक लगानी कोषले अनलाईन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको रकम दाखिला गर्ने भएको छ । कोषले सम्बन्धित सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको हो ।
यो सुबिधा सीजीएस प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयहरूले उपभोग गर्न सक्ने बताइएको छ । यसरी रकम जम्मा गर्दा कोषको कर्मचारीले अप्रुभ गर्ने बित्तीकै सम्बन्धित कर्मचारीको खातामा रकम जम्मा हुनेछ । तत्कालका लागि यो सुबिधा कोषको कर्मचारी बचत बृद्धि अवकाश योजनामा सहभागी भएका कर्मचारीहरुको कार्यालयहरूले पाउनेछन् ।
ती कार्यालयहरूले आफ्ना कर्मचारीहरुका निम्ति कोषमा जम्मा गर्ने कट्टी रकम अब एनसीएचएलका सबै सदस्य बैंक–वित्तीय संस्थाहरूबाट पठाउन सक्नेछन् । कर्पोरेट पे सुविधा लिएका कार्यालयहरूले भने यसकै प्रणाली मार्फत आफैले भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यस प्रणाली अनुसार सबै कार्यालयहरूले रकम दाखिला गर्न चाहने सम्बन्धित कार्यालयले आफ्ना कर्मचारीहरुको नाम थर र कोषले प्रदान गरेको परिचय नं। समेतको विवरण कोषको ई–सर्भिस पोर्टलमार्फत चढाई सो विवरणलाई सब्मिट गर्नुपर्छ । यसपछि, प्राप्त हुने सबमिसन नम्बर तथा अफिस कोडसहितको प्रिन्ट आउट लिई आफ्नो कारोबार गर्ने बैंकमा सम्पर्क गर्नुपर्छ । यसपछि उक्त बैंकले सब्मिसन नम्बर तथा अफिस कोडका आधारमा बैंकमा रहेको रकम जम्मा गरिदिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा