बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : आयल निगममा निजी क्षेत्र, नेपालमा नयाँ भेरियन्टको इन्ट्री

आइतबार, १९ असार २०७९, २१ : ०१
आइतबार, १९ असार २०७९

आज मिति २०७९ साल असार महिनाको १९ गते आइतबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ ।

आईजीपी नियुक्तिविरुद्ध रिटको सुनुवाइ

आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । आइतबार आईजीपी धीरजप्रताप सिंह तर्फका १८ जना वकिलहरूले बहस गरेका छन् । आगामी २६ गते विश्वराज पोखरेलका तर्फका वकिलहरूले जवाफ दिनेछन् । त्यसपछि फैसला हुनेछ । त्यसअघि असार २३ गतेभित्र हालसम्म भएका बहस नोट बुझाउन अदालतले आदेश दिएको छ । 

एमाले सचिवालय बैठक

नेकपा एमालेले स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न समिति बनाएको छ । नेता विष्णु पौडेलका संयोजकत्वमा एमाले सचिवालय बैठकले पौडेलको संयोजकत्वमा निर्वाचन विभाग र संगठन विभाग प्रमुख सदस्य रहनेगरी उजुरी छानबिन समिति बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रचण्डको १० पन्ने राजनीतिक प्रतिवेदन

आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । आइतबार आईजीपी धीरजप्रताप सिंह तर्फका १८ जना वकिलहरूले बहस गरेका छन् । आगामी २६ गते विश्वराज पोखरेलका तर्फका वकिलहरूले जवाफ दिनेछन् । त्यसपछि फैसला हुनेछ । त्यसअघि असार २३ गतेभित्र हालसम्म भएका बहस नोट बुझाउन अदालतले आदेश दिएको छ । 

जानकी मन्दिरबाट हरायो अर्बौंको गरगहना

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले मन्दिरबाट अर्बौं रुपैयाँ बराबरको गहना हराएको खुलासा गरेका छन् । जानकी मन्दिरको सौन्दर्यीकरणको नाममा मधेस प्रदेश सरकारले भ्रष्टाचार गरेको आरोपसमेत उनले लगाए ।

वामदेवलाई निष्काशन गर्ने नै निष्काशन

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अराजक र उद्दण्ड कृयाकलापमा संलग्न रहेका युवराज सफल, कृष्णगोपाल वञ्जारा, निलकण्ठ पौडेल, मिननाथ देवकोटा र तेज बहादुर कार्कीलाई अभियानको केन्द्रीय कमिटी र साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको छ । 

नेपालमा ओमिक्रोन भेरियन्टको बीए फाइभ पुष्टि

पछिल्लो समय नेपालमा कोरोना भाइरस (काभिड–१९) का सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा ओमिक्रोन भेरियन्टको उपप्रजाति बीए फाइभ पुष्टि भएको छ । धुलिखेल अस्पतालमा अनुवांशिक परीक्षण गर्दा ओमिक्रानको भेरियन्टको उपप्रजाति बीए फाइभ पुष्टि भएको अस्पतालले जनाएको छ ।

रेशम चौधरीलाई गठबन्धनमा ल्याउन कसरत

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं सांसद रेशम चौधरी टीकापुर घटनाको आरोपमा जेलमा छन् । उनी जेलमा भए पनि राष्ट्रिय राजनीतिमा एक खालको चर्चामै रहन्छन् । जसपा विभाजनको शृङ्खला होस् या आफ्नै पार्टी गठनको अवस्था होस्, उनी चर्चामै रहन्छन् ।

महेन्द्र र राजकिशोरको गुनासो

जनता समाजवादी पार्टीमा उत्पन्न विवादबारे नेताहरु खुल्न थालेका छन् । यस क्रममा सो पार्टीका कार्यकारिणी सदस्यहरु महिन्द्र राय यादव र राजकिशोर यादवले संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईमाथि ‘हतारमा निर्णय लिएको’ गुनासो गरेका छन् ।

निजी क्षेत्र आयल निगमको साझेदार बन्न सक्छ 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना पूरा हुन लागेको छ । मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री बडूले स्वदेशी उद्योगको प्रोत्साहन र संरक्षणमा जोड दिने बताएका थिए । आयात घटाउँदै निर्यात बढाउने र व्यापार घाटा न्यूनीकरण गर्नतर्फ उनको जोड थियो । यद्यपि, यतिबेला विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारी तथा रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्र धरमराइरहेको छ । यसको प्रभाव नेपालमा पनि पर्ने नै भयो ।

विपद्ले २६ सय ६२ जनाको मृत्यु

मनसुनजन्य विपद्का घटनाले बितेको ११ वर्षमा नेपालमा ठूलो जनधनको क्षति गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ सालदेखि २०७८ चैत मसान्तसम्म ११ वर्षको अवधिमा नेपालमा मनसुनजन्य विपद्का घटनाका कारण २ हजार ६६२ जनाको मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप