सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस संग्रहालयप्रति सरकार सकारात्मक : मन्त्री कार्की

आइतबार, १९ असार २०७९, ०६ : ००
आइतबार, १९ असार २०७९

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस काउन्सिल नेपालको संयोजनमा निर्माण हुन लागेको प्रेस संग्रहालय चाँडै अघि बढाउनुपर्नेमा नेपाल सरकार सकरात्मक रहेको बताएका छन् । 

वर्षौंदेखि प्रचलनमा रहेका विभिन्न खालका छापाखाना मेसिन, छापामा प्रयोग हुने अन्य सामाग्रीसहितको संग्रहालयका लागि काउन्सिलले तयारी गरिरहेको छ । आइतबार सञ्चारग्रामस्थित काउन्सिल अवलोकन गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले ऐतिहासिक महत्व राख्ने यो काम सम्पन्न गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने बताए । 

संग्राहालय र काउन्सिलभित्र रहेका अनलाइन, रेडियो, प्रिन्ट र छापा माध्यम अनुगमन संयन्त्रबारे अवलोकनपछि बोल्दै उनले सेवा, सुविधा बढेसङ्गै काउन्सिलको प्रभावकारिता बढ्दै जानुपर्ने सुझाव समेत राखे । काउन्सिललाई उदाहरणीय संस्था बनाई नेपाली प्रेसको अनुगमन र नियमनलाई प्रभावकारी बनाउनुपर्ने सुझाव उनको थियो । त्यसक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले स्वस्थ, मर्यादित, सन्तुलित र जिम्मेवार पत्रकारिता विकासका लागि नयाँ नयाँ कामको थालनी काउन्सिलबाट भइरहेको जानकारी दिए । 

काउन्सिलले २४ सै घण्टा आर्काइभमार्फत रेकर्ड गर्दै आएको (रेडियो, टेलिभिजन, अनलाइन) अभिलेख प्रणाली, अनुगमन कक्ष, प्रेस सङ्ग्राहलयबारे जानकारी दिए । उनले मिल्दाजुल्दा नामका अनलाइनलाई सूचीकरण नगर्ने, अनलाइन दर्ता अघि अनिवार्य अभिमुखीकरण कक्षामा बस्नुपर्ने, आचारसंहिता उलङ्घन गर्नेलाई आचारसंहिताको कक्षा दिइने गरेको, आचारसंहितालाई विभिन्न भाषामा अनुवाद गरिएको लगायतका कामहरू भएको जानकारी दिए । 

प्रेस काउन्सिल कर्मचारी विनियमावली र प्रेस काउन्सिल आर्थिक प्रशासन विनियमावली तत्काल संशोधन गर्नुपर्ने, प्रेस काउन्सिल ऐन २०४८ मा उल्लेख भएका कतिपय प्रावधान शंसोधनका लागि बस्नेतले सरकारको ध्यानाकर्षण समेत गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप