मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारत सरकारबाट चौमाला बहुमुखी क्याम्पसलाई बस प्राप्त

आइतबार, १९ असार २०७९, २० : १३
आइतबार, १९ असार २०७९

भारत सरकारले कैलालीको चौमाला बहुमुखी क्याम्पसलाई अनुदान सहायतास्वरूप बस दिएको छ । आइतवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत क्याम्पसले एक बस प्राप्त गरेको हो ।

चौमाला बहुमुखी क्याम्पसका अध्यक्ष दिनेश राज जोशीको पहलमा प्राप्त गरेको  उक्त बस क्याम्पस प्रमुख मिनदत्त ढुंगानाले ग्रहण गरेका हुन् । भारतीय सरकारबाट ग्रामीण भेगको क्याम्पसलाई बस प्राप्त भएपछि अत्यन्तै खुसी भएको क्याम्पस अध्यक्ष जोशीले बताए ।

भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको अवसरमा नेपालमा रहेको भारतीय राजदूतावासले अनुदान सहायतास्वरूप विभिन्न सङ्घ–संस्थालाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालयलाई बस उपहार दिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप