शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाद्वारा प्रदेशसभा सदस्यलाई पार्टी साधारण सदस्यसमेत नरहने गरी निष्काशन

आइतबार, १९ असार २०७९, २० : ०३
आइतबार, १९ असार २०७९

जसपाले गत स्थानीय चुनावमा अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एक जना प्रदेशसभा सदस्यलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशनको घोषणा गरेको छ । महोत्तरी जिल्ला कार्यसम्पादन समिति बैठकले प्रदेशसभा सदस्य कौशल कुमार यादवलाई साधारण सदस्य समेत नरहनेगरी कारबाहीको घोषणा गरेको हो ।

आइतबार बसेको बैठकले उनलाई निष्काशन गरेको जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीसँगै संघीय शिक्षक फोरमका कौशल कुमार यादवलाई पनि निष्काशन गरिएको छ।  उनीहरुलाई पार्टी विधानअनुसार निष्काशन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप