बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यहरुबीच बैठक

आइतबार, १९ असार २०७९, १९ : ३४
आइतबार, १९ असार २०७९

साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूबीच भेटवार्ता भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीच आइतबार साँझ ललितपुर हातिबनमा भेटवार्ता भएको हो ।

भेटमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासहित वामदेव गौतमसमेत सहभागी भएका छन् । भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम सहभागी भएका छन् ।

उनीहरु सबै तत्कालीन नेकपाको सचिवालयमा थिए । ओलीलगायतका एमालेमा रहेका तत्कालीन सचिवालयका नेताहरु भने बैठकमा सहभागी भएनन् । बैठकका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली  काँग्रेसको गठबन्धन आदि विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप