बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओन्टारियोविरुद्ध ब्याटिङ गर्दै नेपाल

आइतबार, १९ असार २०७९, १९ : २४
आइतबार, १९ असार २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलअन्तर्गत ओन्टारियो क्रिकेट क्लबविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । दोस्रो अभ्यास खेल टी-ट्वान्टी फर्म्याटको हुनेछ ।

शुक्रबार राति नेपालले ओन्टारियोविरुद्ध एकदिवसीय फर्म्याटमा पहिलो अभ्यास खेल खेलेको थियो । पहिलो अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो।

क्यानडासँगको सिरिज अघि नेपालले अभ्यास खेल खेलिरहेको हो । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ५ र दोस्रो एकदिवसीय जुलाई ६ मा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप