मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लिसीच्यान्स्कसँगै सम्पूर्ण लुहान्स्क क्षेत्र कब्जा गरेको रुसको दावी

आइतबार, १९ असार २०७९, १९ : ०८
आइतबार, १९ असार २०७९

रुस र पूर्वी युक्रेनमा सक्रिय पृथकतावादी फौजले युक्रेनको पूर्वी सहर लिसिच्यान्स्कलाई पूर्ण नियन्त्रणमा लिएका दावी गरेको छ। रुसी समाचार एजेन्सी तासले आइतबार रक्षा मन्त्रीलाई उदृत गर्दै यसबारे समाचार लेखेको छ । 

शनिबारदेखि नै रुसले लिसिच्यान्स्कमाथिको आक्रमण तिव्र बनाएको थियो । रुसी फौजले त्यसअघि नै लुहान्स्क क्षेत्रको अन्तिम आधार लिसिच्यान्स्कमाथिलाई पूर्ण घेराबन्दी गरेको घोषणा गरेको थियो । आइतबार रुसी विदेश मन्त्रीले ‘आफ्नो फौजले लिसिच्यान्स्क वरपरका गाउँहरु कब्जा गर्दै सहरको केन्द्रमा आक्रमण गरेको र घेराबन्दीमा परेका शत्रु पूर्ण परास्त भएको’ बताए । लुहान्स्क र दोनेत्स्क मिलेर बन्ने दोनबासको पूर्ण नियन्त्रण युक्रेनमा चलिरहेको ‘विशेष सैन्य अभियान’को प्रमुख लक्ष रहेको  भ्लादिमिर पुटिनले बताउँदै आएका छन् । 

ती दुवै क्षेत्रमा सन् २०१४ देखि पृथकतावादी समूहहरु पनि सक्रिय छन् । ती समूहलाई मस्कोको समर्थन रहेको आरोप लाग्ने गर्छ । गत साता लुहान्स्कको अर्को प्रमुख सहर सिभिएरोदोनेत्स्कमाथि रुसले पूर्ण कब्जा जमाएपछि युद्ध लिसिच्यान्सकमा घनिभुत भएको थियो । तथापि रुसले हप्तौदेखि सहरमाथि बमबारी गरिरहेको थियो । सहरमाथि रुसले भारी बमवर्षा गरेको ठाउँका स्थानीय बासिन्दाहरु हरेक समय घरमुनीको भूमिगत स्थानमा लुक्न बाध्य भएका थिए । 

मिकोलाईभमा पनि ठूलो विस्फोट
अलग घटनामा शनिबार नै दक्षिण युक्रेनको रणनीतिक सहर मिकोलाईभमा ठूलठूला विस्फोटको आवाज सुनिएको थियो । विस्फोटको कारण हालसम्म स्पष्ट नभएपनि रुसले भने आफूले युक्रेनी सेनाको कमाण्डमालाई आक्रमण गरेर ध्वस्त बनाएको बताएको छ । 

‘रुसी फौजले दोनवास तथा मिकोलाईभ क्षेत्रको युक्रेनी सेनाको कमाण्ड पोष्टलाई ध्वस्त बनाएको छ ,’ रुसी रक्षा मन्त्रीले शनिबार भने । युक्रेनको सबैभन्दा महत्वपूर्ण बन्दरगाह सहर ओडेसासँग जोडिएको सहर मिकोलाइभलाई रुसले सुरुदेखि नै आक्रमणको निशाना बनाउँदै आएको छ । युद्धको सुरुमा रुसी फौजले मिकोलाईभलाई लगभग सम्पूर्ण रुपमा घेरा हालिसकेको थियो । युक्रेनी फौजले हप्तौंको लडाईपछि रुसी फौजलाई धकेल्न सफल भएको थियो । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप